शुक्रबार, बैशाख २१, २०८१

नक्कली सुन दिई ५५ लाख रुपैयाँ ठगी गर्ने अभय चौधरी सहित ५ जना पक्राउ

काठमाडौं माघ २८,
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे घर भइ काठमाडौं महानगरपालिका ताहाचल बस्ने ५३ वर्षीय अभय कुमार चौधरी सहित ५ जनालाइ पक्राउ गरेको हो । पक्राउ पर्ने अन्य व्यक्ति क्रमस ३२ वर्षीय सन्त बहादुर लामा, ४५ वर्षीय ऋषमान घले, ३५ वर्षीय मेख तामाङ, २० वर्षीय जेरि तामाङ रहेको जनाएको छ ।

प्रहरीका अनुसार माघ ११ गते उक्त सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै झुक्यानमा पार्दै रकमा ठगी गरेको भन्ने खबर प्राप्तभएसंगै निजहरुलाइ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गर्दै थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।