शनिबार, बैशाख ८, २०८१

नेकपा प्रचण्ड- नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै

काठमाडौ माघ २८,
संसद विघट लगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । नेकपाको केन्द्रीय संघर्ष समितिले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख भअनुसार विरोध प्रदर्शन र सभाका लागि सुन्धाराबाट मध्याह्न १२ बजे मूल जुलुस सहित उपत्यकाको विभि न्न ५ स्थानबाट जुलुस निस्कने रयसका करिव दुई लाखको सहभागीता रहने बताईएकोछ ।

त्यस्तै जुलुसको नेतृत्व गर्नेक्रममा पुल्चोकमोर्चाको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदहरुले उल्लेख गरिएको छ । त्यस्तै त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरुले गर्ने र छन् ।

माइतीघरबाट निस्कने जुलुसको नेतृत्व नेताहरु अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल, केन्द्रीय कमिटी सदस्यहरु सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरूलाई दिइएको नेकपाले जनाएको छ ।

केशरमहलबाट निसक्ने जुलुसको नेतृत्व नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरुले गर्नेछन् ।

जमलबाट निस्कने जुलुसमा लीलामणि पोखरेल, केन्द्रीय कमिटी सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरुले गर्ने संघर्ष समितिले जनाएको छ । जुलुसपछि सभा हुने बताइएको छ । सभालाई प्रचण्ड, माधवकुमार नेपाललगायत नेताहरुले संबोधन गर्ने छन् ।