बिहिबार, बैशाख ६, २०८१

सरकारी अस्पतालमा मात्रै कोभिड संक्रमितहरुको नि:शुल्क उपचार ,पीसीआरको शुल्क १ हजार कायम

काठमाडौं माघ २८,
सरकारले कोभिड १९ को संक्रमणमा परेकाहरुको नि: शुल्क उपचार आजबाट सरकारी अस्पतालमा मात्रै हुने भएको छ । मन्त्रालयको आइसिएस कमाण्ड बैठकले कोभिडको उपचारका लागि सूचिकृत निजी अस्पताल तथा मेडिकल कलेजबाट गर्ने प्रक्रिया समेत स्थगित गरी सरकारीमा मात्रै गर्ने निर्णय गर्दै यस्तो निर्णय गरेको हो ।

यसअघि सूचीकृत निजी अस्पताल तथा मेडिकल कलेजहरुमा भर्ना भई उपचार भइरहेका हरुको हकमा भने आगामी १० दिनसम्मको मात्रै सोधभर्ना गर्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै बैठकले पीसीआर शुल्क समायोजना गर्दै आजबाट सरकारी प्रयोगशालामा पीसीआर गराउँदा लाग्ने शुल्क १ हजार निर्धारण गरिएको जनाउउनुको अलावा कोभिड खोप अभियानको दोस्रो चरण आगामी  फागुन २ बाट सुरु गर्ने तयारी भएको जनाएको छ ।