शनिबार, बैशाख २२, २०८१

पश्चिमी वायुको प्रभाव: उच्च हिमाली भूभागमा हिमपात संगै देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौ माघ २३,
पश्चिमी वायुको प्रभावका कारण आज उच्च हिमाली भूभागमा हिमपातसंगै देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै विभागले आज अपराह्न तथा बेलुकासम्म देशका पूर्वी तथा मध्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउदै पश्चिमी वायुको प्रभाव शनिबार बेलुकासम्म रहने र आइतबारदेखि मौसममा क्रमिक सुधार हुन जनाएको छ ।

त्यस्तै देशभर राति आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस मापन भएको जनाएको छ ।