बिहिबार, बैशाख ६, २०८१

राज्य संयन्त्रका नेतृत्वबाट संविधानमाथि श्रृखलावद्ध प्रहार भएसंगैं अदालत जान बाध्य भएको सभामुखको प्रष्टोक्ति

काठमाडौं माघ २३,
सभामुख अग्निप्रसाद सापकोटाले राज्य संयन्त्रका नेतृत्वबाट संविधानमाथि श्रृखलावद्ध प्रहार भएपछि आफू अदालतमा जानु परेको बताउनुभएकोछ ।   संवैधानिक निकायहरुमा भएका नियुक्तिविरुद्ध शुक्रबार सर्वोच्चमा रिट दायर गरेका सभामुख सापकोटाले संविधानको पालना, संरक्षण र संवर्द्धन गर्ने दायित्व बोकेका राज्य संयन्त्रका नेतृत्वबाट श्रृङ्खलाबद्ध रुपमा संविघान उल्लंघन गर्ने काम हुनु भनेको संविधानको मर्म विपरित रहेको उहाँको जिकिर रहेको थियो ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक निकायहरुमा पदाधिकारी सिफारिस गर्ने, प्रतिनिधिसभा भंग गर्ने र संसदीय सुनुवाइ विना संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेर संविधानमाथि एकपछि अर्को प्रहारका कारण कानूनी शासन र संवैधानिक विकासमा अवरोध सिर्जना गरेको भन्दै उनले भने, ‘संविधानको रक्षार्थ संविधान र कानूनको अन्तिम व्याख्या गर्ने संवैधानिक अधिकार रहेको सर्वोच्च अदालतमा पुगेको जनाउ दिनु भएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा संञ्चारकर्मीको प्रश्नको जवनफ दिदै मैले संविधानको रक्षा र प्रतिनिधिसभाको हितका लागि काम गर्ने हो । त्यसलाई कसलाई फाइदा पुग्छ, कसलाई घाटा पुग्छ भन्ने हेर्ने नभएको बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031