मङ्लबार, बैशाख १८, २०८१

म्यानमारमा सेना कू प्रकरण: संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालिन बैठक आव्हान

 सैनिक ‘कू’ प्रकरणमा नेपालले गर्यो औपचारिक धारणा सार्वजनिक

काठमाडौं माघ २०
समाचार एजेन्सी म्यानमारमा सेनाले ‘कू’ गरेको विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालिन बैठक आव्हान गरेको छ । समाचार एजेन्सीका अनुसार आज बस्ने परिषदको बैठक मुलत प्रजातन्त्रवादी नेत्री आङ सान सू चीसहित २४ जनालाई पक्राउ प्रकरण र म्यानमारलाई प्रतिबन्ध लगाउने लगायतका विषय केन्द्रीत हुने जनाएको छ।

म्यानमारमा सेनाको हस्तक्षेपको अन्तर्राष्ट्रिय समुदायले आलोचना गर्नेक्रम बढेको छ । त्यस्तैअमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भन्दै आङ सान सूचीसहित अन्य नेताहरूलाई तत्काल रिहा नगरे सेनाविरुद्ध कदम चालिने धम्की समेत दिएका छन् । पछिल्लो समय म्यानमारको सेनाले सत्ता हातमा लिएसँगै संकटकाल लागु गरिएको छ ।

यसैवीच नेपालले पनि म्यानमारमा विकासित भएको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको जनाउदै सोमबार भएको सैनिक ‘कू’ लाई लिएर औपचारिक धारणा सार्वजनिक गर्दै सरकारले म्यानमारका जनताको इच्छा र भावना अनुसार सम्पूर्ण पार्टीहरु संलग्न रहेको प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिटो पुनःस्थापित हुने विश्वास व्यक्त गरेको हो ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सरकारले राष्ट्रपति यू विन मिन्ट र म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुचीलगायतको गिरफ्तारीमा चासो रहेको पनि उल्लेख गरिएको छ । सरकारले गिरफ्तार गरिएका सम्पूर्णको तत्काल रिहाईको आह्वान समेत गरेको छ ।