मङ्लबार, बैशाख १८, २०८१

उपत्यकाका १९४ सहित देशभर थपिए ३६२ कोभिड संक्रमित

काठमाडौ पुस २५,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ४ हजार २८६ जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौं उपत्यकाका अन्र्तगत काठमाडौमा १५३, ललितपुरमा २३ र भक्तपुरमा १८ जना गरी १९४ जना सहित  थप ३ सय ६२ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।

त्यस्तै कोभिड मुक्त हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ रहेको छ । क्वारेनटिनमा २६२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले संक्रमणबाट थप ३ जनाको मृत्यु भएसंगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१२ पुगेको जानकारी दिदै  १८६ जना संक्रमितको आइसीयूमा र ३८ जनाको भेन्टीलेटरमा उपचार भइरहेको जनाएको छ ।