सोमवार, बैशाख २४, २०८१

ससंद विघटन कदम विरुद्ध प्रतिवाद गर्न काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं पुस ७,
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आइतबार मन्त्रिपरषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि मुलुकममा उत्पन्न वटिल परिस्थिति केन्द्रीत हुने बतईएको आजको बैठकले प्रतिनिधि सभा विघटन सम्बन्धी असंवैधानिक कदमको कडा प्रतिवाद गर्ने तयारी गरेको बझिएको छ।

त्यस्तै यसअघिनै सरकारको कदमलाइलाइ अधिनायवादी, सर्वसत्तावादी, र स्वेच्छाचारी भएको बताउदै आएको काँग्रेसले आजको बैठकमार्फत
लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डोर्‍याउ आवश्यक नितिगत निर्णय गर्ने बताईएकोछ ।
त्यस्तै सोमबार नेकपा सहित ३ दलको सम्पन्न सर्वदलीय बैठकले सरकारविरुद्धको संघर्षका कार्यक्रम समेत तय गर्ने विषमा भएको निर्णय अनुरुप त्यस विषयमा पनि कार्यसूची रहेको बताईएकोछ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930