मङ्लबार, बैशाख १८, २०८१

राष्ट्रपतिबाट यौन हिंसाविरुद्ध र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश जारी

काठमाडौं मंसिर २१,
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेकी छन् ।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा [पहिलो संशोधन] अध्यादेश, २०७७ जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारी जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएकोछ ।