आइतवार, बैशाख २३, २०८१

कोभिड संक्रमित पत्रकारको सरकारले नि:शुल्क उपचार गर्छ: मन्त्री गुरुङ

काठमाडौं कार्तिक ३०,
सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले बढ्दो काभिड संक्रमणको  प्रभावमा परेको सूचनाका संवाहक सञ्चारकर्मीको सरकारले निःशुल्क उपचार गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समितिको ज्ञापन पत्र बुझ्नुु हुँदै उहाँले यस्तो बताउनुभएको हो ।

कोभिड महामारीसँग मात्र होइन, महाविपत्ति, बाढी पहिरोमा सूचना सम्प्रेषण गरेर पत्रकारले आफ्नो धर्म निर्वाहमा देखाएको भूमिकाको सरकारले सम्मान गर्न चाहेको उहाँको भनाइ रहेको थियो

त्यस्तै उहाँले श्रमजीवी पत्रकार र सञ्चारगृहबीच केही माग रहेको उल्लेख गर्दै उहाँले ती माग पूरा गराउन मन्त्रालयले पहल सुरु गरिसकेको बताउँदै  कस्तो पत्रकारिताबाट समृद्ध समाज निर्माण गर्ने, सुन्दर समाज निर्माण गर्ने तथा समाजमा असल नागरिक निर्माण हुन्छ, एकपटक सबैले सोच्नुपर्ने बेला आएको जिकिर सहित सञ्चार माध्यमको नवीकरण अब प्रदेशस्तरीय हुलाक कार्यालयबाट हुने गरी मन्त्रालयले निर्णय गरेको समेत जानकारी दिनुभयो ।