शुक्रबार, बैशाख २१, २०८१

तनहुँ अदालतबाट दोषी करारको फैसला भएका ३० फरार प्रतिवादी पक्राउ

काठमााडैं कार्तिक २५ ,

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला सहित दोषी करार भई दण्ड, जरिवाना, , कोर्ट फि र सरकारी बिगो समेत नतिरी फरार रहेका ३० प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ प्रहरीका अनुसार फरार यी अपराधी प्रतिवादीलाइ सोमबार एकै दिन पक्राउ गरेको हो ।

त्यस्तै फरार प्रतिवादी पक्राउ गर्ने क्रममा बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले विसं २०७६ फागुन १९ गतेको फैसलाले तीन दिन कैद र रु दुई लाख ५० हजार जरिवान फैसला भएपनि फरार रहेका म्याग्दे गाउँपालिका–४ बस्ने ३० वर्षीइ अनुपमणि अधिकारी रहेका छन ।

त्यसैगरी कर्तव्य ज्यान मुद्दामा विसं २०५३ पुस ११ गतेको फैसलामा फरार रहेका सात, सम्बन्धविच्छेद मुद्दाका छ, कुटपिट मुद्दाका छ, विसं २०५४ साउन १६ गतेको फैसलामा फरार रहेका दुई र चोरी मुद्दाका एक जना रहेको प्रहरीले जनाएकोछ ।

त्यस्तै लुटपाट मुद्दामा एक, जालसाजी मुद्दामा एक, घरेलु हिंसा मुद्दाका एक, सवारी ज्यान मुद्दाका एक, केही सार्वजनिक अपराध मुद्दाका १ र गाली बेइज्जती मुद्दाका दुई गरी जम्मा ३० जनालाई पक्राउ गरिएको जनाउदै अभियुक्तहरुलाइ कैद र जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय तनहुँमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।