बिहिबार, बैशाख २०, २०८१

आज बडादसैंको चौथो दिन: कुष्माण्डा देवीको पूजाअर्चना गरि मनाइदै

काठमाडौ कार्तिक ४ ,

आज बडादसैंको चौथो दिन कुष्माण्डा देवीको विशेष पूजाअर्चना गरि मनाइदैछ । दशैँको पहिलो दिन घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुरुप आज कुभिण्डो अर्थात देवी कुष्माण्डालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजागर्ने धार्मिक मान्यता रहिआएको छ।

राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्काली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा गरिन्छ ।