बिहिबार, चैत्र १५, २०८०

मुलुकभर कफ्र्यु लगाउँदै भनेर सार्वजनिक भएको सूचना गलत र भ्रामक भएको गृहको प्रष्टोक्ती

काठमाडौ कार्तिक ४ ,

 गृह मन्त्रालयले सोमवार एक सूचना जारी गर्दै केहि दिन अघि सामाजिक सञ्जाल मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कफ्र्यु लगाउँदै भनेर सार्वजनिक भएको सूचना गलत र भ्रामक भएको स्पष्ट पारेको छ ।

कोभिड सङ्क्रमणको महामारी नियन्त्रण तथा रोकथाम र अन्य कुनै कारण देखाई सङ्कटकाल तथा कफ्र्यु लगाउनेसम्बन्धी सरकारको कुनै योजना नभएको स्पष्ट गर्दै गृह प्रवक्ता चक्रबहादुर बुढाले तथ्यहीन, भ्रामक, निराधार र गलत सूचनाप्रति विश्वास नगर्न आग्रह गरेका छन् ।

त्यस्तै जारी सूचनामा सुरक्षाजस्तो संवेदनशील विषय जोडेर सामाजिक सञ्जाल, मोबाइल र अन्य विद्युतीय सञ्चार माध्यमबाट बिहान एकाएक फैलिएको भ्रामक सूचनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण हुनका साथै यस घटनाका विषयमा आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी दिदैसरकारले कुनै पनि बहानामा चाडपर्वको मुखमा सङ्कटकाल तथा कफ्र्यु लगाउने सोच नराखेको उल्लेख गरिएको छ।

तीनवटै जिल्ला प्रशासन कार्यालयबाट गत भाद्रमा जारी निषेधाज्ञाको केही बुँदा उपत्यकामा जारी नै रहेको अवस्थामा बढ्दो कोभिड संक्रमणको जोखिमलाइ दृष्टिगत गर्दै जो जहाँ छ त्यहि बसेर आसन्न चाड पर्व मनाउन , स्वास्थ्य सुरक्षाका लागि निर्धारित मापदन्डको पालना गर्न, अनावश्यक भिभाड नर्गन, र चाडपर्वको क्रममा हुन सक्ने कुनै पनि किसिमका अपराधिक कार्य लाइ निरुत्साहित गर्न समेत अपिल गरिएकोछ ।