बिहिबार, बैशाख ६, २०८१

मप बैठक: प्रधानमन्त्री र मन्त्रीले आफूले पाउने दशैं खर्च कोभिड कोषमा जम्मा गर्ने

काठमाडौं कार्तिक ३,
गत असोज  २६ र २९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद बैठकका निर्णयअनुसार प्रधानमन्त्री केपी ओली र मन्त्रीले आफूले पाउने दशैं खर्च कोभिड कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभएको छ ।
त्यस्तै बैठकले मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालयका सचिवहरुले सरुवा गर्नुको अलावा गरेका थप ११ बुँदे निर्णयको जानकारीदिदै मन्त्री गुरुङले सरकारले सङ्क्रमणको दर तीव्र गतिमा विस्तार भइरहेका जिल्लामा हाल सञ्चालनमा रहेका आइसोलेशन सेन्टरलाई आवश्यकतानुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ ।

त्यस्तै बैठकले कात्तिक १ गतेदेखि मसान्तसम्म जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिबाट भएको कोभिड सङ्क्रमण जोखिमको विश्लेषणका आधारमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अन्य जिल्लाबाट र त्यस्तो जिल्लाबाट अन्य जिल्लामा सवारी साधनको आवतजावतलाई नियमन, व्यवस्थापन वा नियन्त्रण गर्ने, ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा वा जिल्लाभित्रका कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लगाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई अधिकार सुम्पने निर्णय गरेको जानकारी दिनुभयो ।

आसन्न चाडपर्वलाई ध्यानमा राखी स्थानीय तहले स्थानीय प्रशासनका समन्वयमा सडकपेटीमा तथा अन्य स्थानमा अव्यवस्थित तवरबाट पसल, व्यापार व्यवसाय आदि सञ्चालन गर्न नदिने, पशुपतिनाथ क्षेत्रमा हाल प्रयोगमा रहेको विद्युतीय शवदाह गृहलाई २४ सै घण्टा सञ्चालनमा ल्याउन आवश्यक जनशक्तिको व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने र थप एक हाइब्रिड शवदाह गृह निर्माण गर्न आवश्यक स्रोतको व्यवस्था अर्थ मन्त्रालयले मिलाउने सरकारले निर्णय गरेको जानकारी दिनुभएको छ ।

यस्तो छ मप बैठकको विस्तृत निर्णय : असोज २९  

यस्तो छ मप बैठकको विस्तृत निर्णय :असोज  २६: