मङ्लबार, बैशाख २५, २०८१

उपत्यकामा अहिलेसम्मकै उच्च अर्थात [९३४] जना कोभिड संक्रमितको पहिचान

काठमाडौ असोज १३,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८९१ जनाको पीसीआर परीक्षणको क्रममा थप १५ सय १३ जनामा कोभिड १९ संक्रमण देखिएसंगै नेपालमा कुल कोभिड संक्रमितको सख्या ७६ हजार २४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज पहिचान भएका संक्रमित मध्ये उपत्यकामा मात्र थप ९३४ जना रहेको  जनाउदै यसमध्ये काठमाडौँमा ७४७ जना, भक्तपुरमा ७३ जना र ललितपुरका ११४ जना रहेको जानकारी दिएकोछ । उपत्यकामा आज पहिचान भएको संक्रमित सख्या अहिलेसम्मकै ठूलो सख्या भएको मन्त्तालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले आज कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १० रहेको र यसमध्ये काठमाडौं का ३ जना क्रमस काठमाडौकी ५७ वर्षीया, ६० र ७० वर्षीय संक्रमित रहेको जनाएको छ । त्यस्तै देशभर थप ७३१ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ५५ हजार ३७१ पुगेको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031