शुक्रबार, चैत्र १६, २०८०

सवारीसाधनमा जारी जोरबिजोर प्रणाली कार्यान्वयनमा कडाइ, अवज्ञा गर्ने ९ सय वटा सवारीसाधन माथि कारवाही

काठमाडौ असोज १३,
पछिल्लो समय काठमाडौं उपत्यकमा कोभिड संक्रमितको रफ्तार बढेसंगै सवारीसाधनमा कायम रहेको जोरबिजोर प्रणालीको कार्यान्वयनलाइ लाइ निकै कडा बनाईएको छ ।
केहि दिन यता सरोकारवाला निकायबाट चेकजाँजमा भएको छरितोपन संगै अर्को आदेश जारी नभएसम्मका लागि कायम हुने गरि लागु गरिएको सवारीसाधन सञ्चालनमा लागु गरिएको जोर विजोर प्रणाली विपरित राजधानीका सडकमा सवारी गुड्न थाले पछि महानगरीय ट्राफिक महाशाखाले चेकजाँचलाइ कडा बनाउदै कारवाही प्रत्रियालाइ तिव्र बनाएको हो ।

एकातर्फ बढ्दो कोभिड संक्रमितको रफ्तार अर्को तर्फ मनलाग्दी सवारी सञ्चालनका कारण संक्रमणको वातावरण मौलाएको ठहर सहित जारी आदेश अनुरुप जोर विजोर प्रणाली कायम नगर्ने करिव ९ सय वटा सवारीसाधनलाइ राजधानीबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

त्यस्तै महानगरीय ट्राफिक महाशाखाले जोरबिजोर नियम उल्लंघन गर्ने सवारीलाइ नियन्त्रणमा लिने क्रममा राजधानीका विभिन्न ४५ वटा चेक प्वाइन्टबाट नियमन गर्दा ती सवारीसाधन कारवाहीमा परेको जनाउदै नियन्त्रणमा लिइएका सवारीसाधनलाई सम्बन्धित चेक प्वाइन्टमै ‘होल्ड’ गरेर राखिएको महाशाखाले जनाएको छ।