बुधबार, बैशाख १९, २०८१

गण्डकी प्रदेशसभाको अधिवेशन आव्हान ,विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको तयारी

सत्ता टिकाउन संविधान विपरितका अनेकन तिकडम

काठमाडौं बैशाख ६ ,
संविधानत व्यवस्था विपरित सभामुखसहित माओवादीका आठ र राजीव गुरुङसमेत गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा गण्डकी प्रदेशको मसख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासका मत लिने तयारी गरेका छन् ।

गण्डकी प्रदेश सरकार गठन प्रक्रिया असंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको अवस्थामा प्रमुख डिल्लीराज भट्टले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा भोलि अर्थात वैशाख ७ गते दिउँसो ३ बजे बस्ने गरी अधिवेशन आह्वान गरेको हो ।

संविधानत मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेपनि सभामुखको समेत हस्ताक्षर प्रयोग गर्दै गठन भएको सरकार विरुद्ध परेको रिटमा सर्वोच्चले आगामी बैशाख १० मा निर्णय सुनाउनुअगावै छलछाम सहित मुख्यमन्त्री खगराज अधिकारीले विस्वासको मत लिने परिपञ्च रहेको हो।

स्मरण रहोस, ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार गठनका लागि आवश्यक ३१ प्रदेश सभा सदस्यको समर्थनको नाममा मुख्यमन्त्रीको दाबी पेस गर्दा अधिकारीले एमालेका २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङसमेत गरी ३१ प्रदेशसभा सदस्यको समर्थन रहेको पत्र प्रदेश प्रमुखसमक्ष पेस गरेको हो जुन प्रक्रिया आफैमा संविधानत व्यवस्था विपरित रहेको छ । यसवीचमा सर्वोच्चले दायर रिट निवेदनको प्रारम्भिक सुनवाइ गदैए गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिइसकेको छ ।