आइतवार, जेष्ठ ६, २०८१

एमालेकी विदेश विभाग सचिव शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत

काठमाडौं बैशाख ६,
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेकी अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ८६ को उपधारा [२] को खण्ड [ख] बमोजिम नेपाल सरकारको सिफारिसमा डा. अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको हो ।

नेकपा एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्यलाइ गत चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ८६ को उपधारा[२] को खण्ड[ख] बमोजिम नेपाल सरकारको सिफारिसमा