मङ्लबार, बैशाख १८, २०८१

सहकारी घोटाला प्रकरण: रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता

 काठमाडौं बैशाख ३,

इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धानपछि बुझाएको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणको रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले आज दायर गरेको मुद्धामा जीबी राई, दीपेश पुन, सागर केसीलगायत २८ जनालाई प्रतिवादी बनाएपनि नेकपा माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको गठबन्धन सरकारका गृहमन्त्री रवि लामिछानेलाइ भने उन्मुक्ति दिएको छ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा एक करोड ८० लाख रुपैयाँ रवि लामिछानेको खातामा गएको पुष्टि हुने अनेकन प्रमाण प्राप्त भएपनि नियतवस लामिछानेलाइ प्रस्तुत मुद्धामा प्रतिवादी नबनाइएको समाचार स्रोतको दावी रहेको छ ।

त्यस्ते दायर मुद्धामा सहकारी ऐन २०७४ को दफा १२२ को कसुरमा, दफा १२४ को उपदफा १ अन्तर्गत सजायकोमा ग सहित प्रतिवादी किटान गरिएका २८ जनाबाट ८६ करोड १८ लाख २३ हजार सात सय ५४ रुपैयाँ बिगो माग दाबी गरिएको छ । त्यस्ते प्रतिवादी बनाइएकामध्ये पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन,दुर्गा चापागाई पाण्डे, दिपक न्यौपाने र निता थापा मगर सहित आठजना पक्राउ परिसकेका छन् ।