बिहिबार, जेष्ठ ३, २०८१

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

 अधिवेशन अन्त्यको सिफारिससंगै बैठक बस्ने-नबस्ने अन्यौलता सिर्जना , सरकाले संसद छलेको काँग्रेसको आरोप

काठमाडौ वैशाख २, 

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । यसवीचमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आज रातिदेखि लागु हुने गरी हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

संसद सचिवालयले आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचीसंगै चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरह रूसम्बन्धित माननीय मन्त्रीहरुबाट टेबुल गरिने कार्यसूची रहेको जनाएको छ ।

त्यस्तै आजकै बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेश गर्ने कार्यसूचीसंगै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०पेश गर्ने कार्यसूची रहेको छ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०५० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यद्यपी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएसंगै सरकारले प्रतिपक्षीदलको माग सम्बोधन मात्र नभएर संसद फेस गर्नुभन्दा पनि सरकारले संसदलाइ छल्दै हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिमा सिफारिस भइसकेकाले बैठक बस्ने नबस्ने अन्योलता सिर्जना भएकोछ ।