सोमवार, जेष्ठ १४, २०८१

उपनिर्वाचनको लागि आवश्यक मतपत्र छपाइ आगामी साता :आयोग

 काठमाडौ वैशाख २, 
निर्वाचन आयोगले आसन्न बेशाख १५ मा सम्पन्न हुने इलाम–२ मा संसद सदस्य र बझाङ १[१] को प्रदेशसभा सदस्यको लागि हुने उपनिर्वाचनको लागि आवश्यक मतपत्र छपाइ आगामी साताबाट सुरु हुने जनाएको छ।

आयोगले इलाम–२ मा एक लाख १५ हजार ८८९ र बझाङ १ [१] मा ६१ हजार ७४८ मतदाताले निर्वाचनमा सहभागी हुने जनाउँदै इलाम–२ का लागि एक लाख २८ हजार र बझाङ १ [१] का लागि ६८ हजार मतपत्र छापिने जानकारीसंगै दुवै क्षेत्रमा कुल मतदाताको १० प्रतिशत बढी मतपत्र छापिने जनाएको छ ।

इलाम–२ मा संसद सदस्यका लागि १९ जना उम्मेदवार मैदानमा छन भने छन् । बझाङ १ [१] मा ११ जना उम्मेदवार रहेका छन् ।

उपनिर्वाचनको लागि आवश्यक मतपत्र छपाइ आगामी साता :आयोग