शुक्रबार, जेष्ठ ४, २०८१

सिन्दुर जात्रा सहितआज बोडेमा जिब्रो छेड्ने जात्रा मनाइदैं

 काठमाडौ वैशाख २, 

बिस्केट जात्राको छैठौ दिन आज मध्यपुर थिमिको बालकुमारीमा एकाबिहानै ३२ खटसहितको सिन्दुर जात्रा र दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने भएको छ । सिन्दुर जात्राको क्रममा बालकुमारी र सिद्धिकालीको गणहरुसहितका खट ल्याएर बालकुमारी प्रवेश गराएपछि जात्राको सुभारम्भ गर्ने प्रचलन रहिआएको छ।


जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ती लिएर पमा नाइकेको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो । त्यस्तै सिन्दुर जात्रा मनाइने क्रममा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन बोकेको येजात्रामा धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालुले रमाइलो गर्ने परम्परा रहिआएको छ।

यसैवीच आजै थिमीको बोडेमा प्रसिद्ध जिब्रो छेड्ने जात्राकोपनिआयोजना गरिने भएको   छ ।  जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदैछन्।नवौंपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले आफ्ना कान्छा छोरा सुजनलाई  जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए।

 जिब्रो छेड्ने जात्राक्रममा  बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले सयौं मानिसहरूकै अगाडि श्रेष्ठको जिब्रो छेड्ने तयारी गरेकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु