बिहिबार, जेष्ठ ३, २०८१

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका नेता अधिकारी नियुक्त

काँग्रेसले प्रदेश प्रमुखको असंवैधानिक कदम विरुद्ध मुद्धादायर गर्ने

काठमाडौं चैत २५,
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाइ गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुभएको छ ।  प्रदेश प्रमुख भट्टले अधिकारीलाई आज संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हो ।

अधिकारीले आज बिहान मात्रै एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसद दीपक मनाङे समेतको समर्थन रहेको दाबी पेश गरेसंगै उनलाई प्रदेश प्रमुखले नियुक्त गर्नुको अलावा आजै सपथ समेत दिलाउाने तयारी भएको जनाएको छ।

यसैवीच प्रदेश प्रमुख भट्टले सभामुखसहित ३१ सासंदको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेसंगै नेपाली कांग्रेसले प्रदेश प्रमुखलाई ४ बुँदे असहमति पत्र सहित ध्यानाकर्षण गराएका छन । ध्यानाकर्षण पत्रमा सभामुख समेतको दस्तखत प्रयोग गर्दै अधिकारीलाइ असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्ति नगर्न भनेपनि प्रदेश प्रमुखले अधिकारीलाई कांग्रेसको विरोधका बावजुद मुख्यमन्त्री नियुक्त गरेको भन्दै काँग्रेसले प्रदेश प्रमुखको कदम विरुद्ध मुद्धा दायर गर्ने तयारी गरको बुझिएको छ ।

यसअघि कोशी प्रदेशमा पनि यस्तै किसिमकाले सभामुखको हस्ताक्षर प्रयोग भएपछि सर्वोच्चले त्यसलाई बदर गरिदिएको नजिर कायम रहेको छ।

त्यस्तै यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले चैत २७ गतेसम्मको समयसिमा तोकदै मुख्यमन्त्रीमा दाबी गर्न आव्हान गरेको थियो । तर समयसीमा सकिनुभन्दा दुई दिनअगावै सत्ता गठबन्धन दलको तर्फबाट छलछाम सहित एमालेका नेतालाइ मुख्यमन्त्रीमा नियुक्त गरेपछि रमजनैतिक तरंग सिर्जना भएको हो ।