बिहिबार, बैशाख २७, २०८१

मिटरब्याज अपराध जाँचबुझका लागि फेरि अर्को आयोग गठन

  काठमाडौ चैत ९,

विहिवार बसेको मन्त्री परिषद बैठकले गृह मन्त्रालयको प्रस्तावमा सरकारले अनुचित लेनदेन [मिटरब्याज] अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न फेरि अर्को आयोग गठन गरेको छ।

उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको संयोजकत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको हो ।गठित आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरिक्षक ९एआईजी० पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य रहेका छन् भने आयोगको कार्यकाल तीन महिना तोकिएको छ।

यसअघि तत्त्कालीन काँग्रेस – माओवादी गठबन्धको सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग बनाएको थियो। आयोगले ५ हजारभन्दा बढी मिटरब्याजसम्बन्धी लेनदेन टुंग्याएपनि समस्या समाधान नगरेको भन्दै पीडितहरु २३ दिन पैदल हिंडेर काठमाडौं आएपछि सरकारले नयाँ आयोग बनाउने सहमति गरेको थियो।