बिहिबार, बैशाख २७, २०८१

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: चार प्रदेशमा बदली र वर्षाको संभावना  

 काठमाडौं चैत ८,

पछिल्लो समय पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको बढ्दो प्रभावसंगै नेपालको मौसमा उतारचढाव देखिन थालेको छ।

परिवर्तित मौसमी प्रभावका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा साधरणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीसंगै छिटपुट वर्षा भइरहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ।

त्यस्तै महाशाखाका अनुसार  काठमाडौं उपत्यका  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकाध स्थानमा हल्का हिमपातसंगे यी प्रदेशमा आज दिउँसो आंशिक देखि साधरणतया बदली रहने जनाएको छ।

साथै कोशी मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र देशका बाँकी भूभागका एकाध स्थानमा हल्का वर्षा र मधेस प्रदेश र कोशी प्रदेश अन्र्तगतका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाएको छ ।