बिहिबार, बैशाख २७, २०८१

सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समितिको माग सहित काँग्रेसको विरोध

 काठमाडौं चैत ७,

आज बसेको संसद बैठकमा सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने माथि छानबिनका लागि संसदीय समितिको माग सहित बैठकमा विरोध गर्दै आइरहेका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि विरोध जनाएको छ ।

आजको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । लगत्तै सभामुख घिमिरेले काँग्रेस सासंद इश्वरी देवी न्यौपानेलाइ बोल्न समय दिए । वोल्ने क्रममा सासंद न्यौपानेले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लगाउँदै संसदीय छानबिन समिति माग दोहोर्‍यायो ।

त्यसो त कांग्रेसले संसदीय छानबिन समिति गठन नगरे बैठक नचल्ने, वेल घेराउ गर्ने चेतावनी यसअघि पनि पटक पटक दिइसकेको थियो । त्यस्तै संसद बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले छानविन समिति गठन नभए सदन चल्न नदिने चेतावनी दिए पनि आजको बैठकमा कांग्रेसको सामान्य विरोधपछि बैठक निर्वाध सञ्चालन भएको थियो ।