बुधबार, बैशाख २६, २०८१

प्रधानमन्त्रीको प्रष्टोक्तिप्रति काँग्रेसको असहमति, गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको संलग्नता नदेखिएको भन्ने प्रधानमन्त्री प्रचण्डको प्रष्टोक्ति सहित

काठमाडौं चैत ६,

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनासम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधिसभाको आजको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको संलग्नता नदेखिएको भन्ने प्रधानमन्त्री प्रचण्डको प्रष्टोक्तिसंगै कांग्रेसले सहकारी अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संग्लन रहेको प्रयाप्त प्रमाण रहेको दाबी गर्दैैै छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको हो ।

त्यस्तै प्रमुख सचेतक लेखकले सांसद तथा मन्त्रीमाथि प्रश्न उठ्दा राजीनामा दिएर छानबिन गरिएको नेपाली संसदको इतिहास स्मरण गराउँदै सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न समिति गठन गर्नुको विकल्प नभएको र यदि समिति गठन नगरिए संसद अवरुद्ध भएमा सरकार दोषी रहने भनाइ राख्नु भएको छ ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको संलग्नता नदेखिएको भन्ने प्रधानमन्त्री प्रचण्डको प्रष्टोक्ति