बिहिबार, बैशाख २७, २०८१

चित्तपोल सिमल्टार बाँसुरी बाजा खलःका ३९ जना प्रशिक्षित

सन्जिब दुलाल
भक्तपुर चैत ५,

सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोल स्थित सिमल्टार बाँसुरी बाजा खलस् का ३९ जना बाँसुरी बाजामा प्रशिक्षित भएका छन् ।

बाँसुरी बाजा खलले स्थानीय नेवार समुदायमा आफ्नो कला संस्कृतिको रक्षासंगै कला संस्कृति र परम्परालाई आधुनिकीकरण गरी निरन्तरता दिँदै लैजाने उद्देश्य अनुरुप स्थानीय ३९ जनालाई बाँसुरी बाजा प्रशिक्षण प्रदान गरेको हो ।

बाँसुरी बाजा तथा हार्मोनियम बाजामा प्रशिक्षितहरूलाई एक कार्यक्रमका बिच सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा , सूर्यविनायक नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष शिवराम राउत लगायतका महानुभावले बाजाका प्रशिक्षितहरूलाई प्रमाणपत्र वितरण गर्दै दीक्षित गर्नुभएको थियो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो कला संस्कृति भुलेमा हाम्रो अस्तित्व नै मेटिने भन्दै कला संस्कृतिको विकास तथा विस्तार एवं जगेर्ना गर्न नगरपालिका जस्तो सुकै कदम चाल्न पनि तयार भएको बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष शिवराम राउत प्रशिक्षक धर्म मुनिकार लागयतले प्रशिक्षण कार्यक्रका विषयमा कार्यक्रमको वोल्नुभएको थियो ।

चित्तपोल सिमल्टार बाँसुरी बाजा खलःका ३९ जना प्रशिक्षित