बिहिबार, बैशाख २७, २०८१

प्रतिनिधि सभाको बैठक: शोक प्रस्ताव पारित गर्दै स्थगन

 काठमाडौं चैत ४,

 प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा [ कर प्रस्ताव बाहेक] छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

आजको बैठकको सुरुमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्दै उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभएको छ ।   जनता समाजवादी पार्टी नेपालबाट विसं २०७९ को प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित अन्सारीले विसं २०४६ को जनआन्दोलनबाट राजनीतिक यात्रा सुरुवात गर्नुभएको थियो ।  प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११ बजे बस्ने भएको छ ।