बिहिबार, बैशाख २७, २०८१

काँग्रेसले राष्ट्रियसभाको अध्यक्षमा सिटौलालाई उम्मेदवार बनाउँने

राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला मनोनित

  काठमाडौं फागुन २६,

नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । शनिबार सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

मुलुकमा परिवर्तित पछिल्लो राजनैतिक समिकरण पछि प्रतिपक्षी वेन्चमा पुगेको काँग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रियसभाको अध्यक्षका लागि सहयोग खोज्न छलफल गर्ने निर्णय गरेको बुझिएकोछ ।

यसैवीच कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनित गर्नुभएको छ। पार्टी शनिबार सिटौलालाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गरेका हुन् ।

निजी सचिव केशवराज जोशीले जारी गर्नुभएको विज्ञीिपतमा नेपाली कांग्रेस संसदीय दलको विधान [संशोधन तथा परिमार्जन सहित, २०७४] को धारा १२ को उपधारा [१]बमोजिम सिटौलालाई संसदीय दलको नेता पदमा मनोनयन गरेको उल्लेख गरिएको छ।