शुक्रबार, बैशाख २१, २०८१

प्रसाईको शक्ति प्रदर्शन हाउगुजीमा परिणत

काठमाडौं फागुन १,
व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानको प्रथम बार्षिकोत्सवमा राजधानीका विभिन्न सात स्थानबाट र्‍याली गर्दै सभा लाखौको सख्यामा आम नागरिकहरू सहभागीता रहने दावी हाउगुजीमा  परिणत भएका छन ।

राजधानीको भृकुटीमण्डपस्थित सभास्थलमा उपस्थितीको सख्या हेर्ने हो प्रसाईले नगर प्ररिक्रमाका लागि प्रयोग गरेको गाडी नम्वरभन्दा केहि बढी रहको अनुमान सभास्थलमा जम्मा भएका नागरिहरुवीचको संवाद सुनिथ्यो ।

काठमाडौँमा प्रसाईको शक्ति प्रदर्शनको नाममा मनाइएको महाअभियानको प्रथम बार्षिकोत्सवमा देशभरबाट लाखौ।को सख्यामा आम नागरिकहरू सहभागी हुने बताइएपनि कार्यक्रममा बैंक,वित्तीय संस्था,सहकारी र लद्युवित्त पिडित स्थानीय काठमाडौं उपत्यकाबासी नागरिकहरूको खासै उपस्थिति देखिएन। काठमाडौं बाहिर खासगरि मधेस प्रदेशबाट मधेसबासी,महिला,मधेसी ,थारू समुदायको उपस्थिति पनि पहिलेको जस्तो उत्साहजनक छैन।