शुक्रबार, बैशाख २१, २०८१

डिजीटल बक्तृत्वकलाका विजेतालाई पुरस्कार

काठमाडौं फागुन १,
नेकपा(माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले ‘डिजीटल बक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको छ ।

जनयुद्ध दिवसका अवसर योङ्ग कम्युनिष्ट लीग, नेपालले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको हो ।

प्रतियोगितामा प्रथम हुनुहुने आशा उपरकोटीले रु ५५ हजार, द्वितीय हुनुहुने सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्नुहुने सम्झना राईले रु २० हजार नगदसहित सम्मान प्राप्त गर्नुभएको छ ।