बिहिबार, बैशाख २०, २०८१

यस्तो छ अटोमोबाइल इभी नेपाल मोटर्सको भ्यालेन्टाइन स्किम

काठमाडौं फागुन १,
बिगत तीन दशक यतादेखि व्यापार व्यवसायको क्षेत्रमा एक विशेष पहिचान बनाउँदै आइरहेका व्यापारिक घराना बज्र ग्रुपले अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम लागु गरेको छ ।

सेनेटरिका आइटम , बाथरुम फिटिंग , अपार्टमेन्ट , मास्क , अटोमोबाइल लगायत अन्य विभिन्न क्षेत्रमा समेत शतप्रतिशत सेवा पुयाउँदै उपभोक्ताको मन जित्न सफल हुँदै आएको बज्र ग्रुप अन्र्तगत अटोमोबाइल इभी नेपाल मोटर्स प्रालिले निश्चित समयको लागि लागु गरेको भ्यालेन्टाइन स्किममा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउनेछ जनाएको छ।

त्यस्तै वुलिंग गाडी २०० कि मि र ३०० किमी मा उपलब्ध छ भने कार खरिदको लागि नक्साल , भैसेपाटी शोरुमबाट सेवा प्रवाह भइरहेको जनाउँदै गाडीमा ८ बर्ष को वारेन्टीका साथैफाइनान्स र एक्सचेन्जको समेत सुबिधा सुविधा रहेको जनाएको छ।

त्यस्तै स्कुटर खरिदका लागि भने देशका मुख्य मुख्य सहरका शोरुमबाट सेवा प्राप्त गर्न सकने जानकारीसंगै लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध रहेको जनाएको छ । साथै फाइनान्स र एक्सचेन्जको सुविधा मा कलेजका बिधार्थी देखि अफिस अधिकृत र कृषक तथा अपांगमैत्री प्रोडक्ट समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

पाल भरि डेलिभरीको व्यवस्था संगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध हुने लेभ्लिंग इ स्कुटरको मूल्य १ लाख १५ हजार देखि सुरु रहेको स्कुटरमा २ बर्सको वारेन्टी रहेको कम्पनीले जनाउँदै यदि स्कुटर वा कार चाहिएमा ९८०२३०८५१२ र ९८०१००२९८७ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।