बुधबार, जेष्ठ २, २०८१

सरकारले गरेका कामलाई जनतासमक्ष पुर्‍याउने कार्यमा लाग्न प्र.म.प्रचण्डको निर्देशन

वीरगञ्ज, माघ १५ ,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले गरेका काम र पार्टीको अभियानलाई जनतासमक्ष पुर्‍याउने कार्यमा लाग्न निर्देशन दिनुभएकोछ।

वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालकोे २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विचार निर्माण र संश्लेषण गर्ने कार्यमा प्रेस सेन्टरको महत्वपूर्ण भूमिका रहेको बताउँदै यस्तो निर्देशन दिनुभएको हो ।

सूचना प्रविधिको क्षेत्रमा विश्वले राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तर सामाजिक सञ्जालमा भने नकारात्मकताको प्रसार भैरहेको बताउँदै
“सामाजिक सञ्जालको बढ्दो दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ । परिवर्तनलाई बदनाम गर्ने प्रबृत्ति बढिरहेको छ । त्यसको प्रतिवाद गर्न प्रेस सेन्टर लाग्नुपर्छ । त्यसका लागि अझै महनेत गरेर अगाडि बढ्नुहुनेछ भन्ने आफ्नो अपेक्षा रहेको भन्दै सामाजिक न्यायको पक्षमा व्यवस्थाका विरूद्ध हुँदे आएको षड्यन्त्रूर्ण गतिविधिलाइ निस्तेज पार्न प्रेस सेन्टर लाग्नुपर्ने बताउनुभयो ।