बिहिबार, जेष्ठ ३, २०८१

अनुमान भन्दा बढी आवेदन परेसंगै ईपीएस भाषा परीक्षा सर्‍यो

 काठमाडौं माघ ३,

अनुमानभन्दा बढी आवेदन परेसंगै आगामी शनिबारदेखि गर्ने भनिएको ईपीएस भाषा परीक्षा सरेको छ । अनुमान गरेभन्दा बढी आवेदन परेकाले व्यवस्थापनका लागि अनलाइन प्रणालीको स्तरोन्नति गर्नुपर्ने अवस्था सिर्जना भएसंगै ईपीएस भाषा परीक्षा सरेको हो ।

एचआरडी कोरियाले आवेदनकाको सम्बोधनार्थ तयार गरेको सूचना प्रविधि प्रणालीले एक लाखभन्दा कम आवेदनकोमात्र व्यवस्थापन गर्न सकनिे तर आवेदन दिनेक्रममा १ लाख ६४ हजार आवेदकको आवेदन सूचीकृति भएसंगै भाषा परीक्षाको सूचना प्रविधि प्रणालीमा सुधार गर्नु परेका कारण एचआरडी कोरियाले केही समय माग गरेपछि भाषा परीक्षा सार्नुको विकल्प नभएको श्रम मन्त्रालय स्रोतले जनाएको छ।

स्मरण रहोस, कोरियाले सन २०२४ मा उत्पादनमूलक क्षेत्रमा काम गर्नका लागि नेपाललाइ १५ हजार ८ सय ४८ श्रमिकको कोटा दिएको हो । यसवीचमा भएको विवादका कारण गत पुस १३ मा प्रदर्शनको क्रममा ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु भएको थियो । त्यस्तै कोरिया सरकारले सन् २००८ देखि सरकारी तवरमा नेपालबाट श्रमिक लैजान शुरु गरेको हो ।