आइतवार, बैशाख २३, २०८१

मेलम्ची पानीको गुणस्तरमा शङ्का र हल्लाको पछि नलाग्न मन्त्रालयको आग्रह

 काठमाडौं माघ ३,

प्रधानमन्त्री प्रचण्डलेले गत माघ १ गते पुर्नवितरण शुभारम्भ गरेको मेलम्चीको पानीको गुणस्तरमा कुनै शङ्का नगर्न र हल्लाको पछि नलाग्न खानेपानी मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सम्वद्ध सबैमा आग्रह गरेको छ।

मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रसारण गरिएको जानकारी सहित  मन्त्रालयले बुधवार जारी सूचनामा पानीको गुणस्तरमा शङ्का नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न मन्त्रालय, मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँगसम्बन्धित निकाय र उपभोक्ता लक्षित सूचना जारी गर्दै यस्तो अपिल गरेको हो ।

साथै मेलम्ची खानेपानीको नयाँ पाइप लाइन परीक्षण सम्पन्न भएका स्थानहरूमा नयाँ वितरण सञ्जालबाट तथा परीक्षण नभएका स्थानहरूमा पुरानै वितरण सञ्जालबाट वितरण भइरहेको जारी सूचनामा उल्लेख गरिएको छ।

त्यस्तै पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउन सक्ने भए ता पनि फ्लसिङसँगै क्रमशः सफा पानी प्रवाह हुने भएकोले पानीको गुणस्तरमा शङ्का र बाहिरी हल्लाको पछि नलाग्न हुन मन्त्रालय र मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरू सबैमा हार्दिक अपिल गर्दछ’, जारी सूचनामा भनिएको छ।

साथै मन्त्रालयले पानी वितरणपछि आउने सक्ने सम्भावित समस्यालाई सम्बोधन गर्न पुस २८ गतेको मन्त्री स्तरीय निर्णयबाट मेलम्ची खानेपानी विकास समितिका सीडीई पदमबहादुर कुँवरको संयोजकत्वमा मेलम्चीको खानेपानी सन्तुलित रूपमा वितरण भए र नभएको जानकारी गराउने, पानी वितरण क्रममा कुनै स्थानमा चुहावट भए सोको जानकारी लिने, पानी नआएको स्थानको जानकारी लिने, धमिलो पानी आएकोलगायतका विभिन्न विषयहरूमा अनुगमन गर्ने उद्देश्यले समिति गठन गरिएको सूचनामा उल्लेख ub}{    समितिआवद्ध केयुकेएलका उप प्रबन्धक उमेशबाबु मरहठ्ठा, आयोजना कार्यान्वयन निर्देशनालयका सीडीई विकेश बधानथ्याचे र कुयुकेएल, काप्र दिपेश ढकालको मोबाइल नम्बर समेत दिइएको छ।