बिहिबार, बैशाख २७, २०८१

महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

 काठमाडौं पुस १७,

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री दाहालले आज महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री, सचिव र अन्य कर्मचारीहरूसँगको मन्त्रालयगत छलफलको क्रममा प्रधानमन्त्रीले यस्तो निर्देशन दिनुभएको हो ।

यसैक्रममा प्रधानमन्त्रीले “महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अत्यन्तै संवेदनशील मन्त्रालय भएको बताउदै हामीले मन्त्रालयको संवेदनशील अनुसार जति प्राथमिकता दिनुपर्ने हो, त्यसो गर्न नसकेको स्वीकारोक्ति सहित आगामी दिनमा यसलाई प्राथमिकरण गर्दै यसको पुनर्संरचना गर्न समेत आवश्यक रहेको बताउनुभएको छ ।

साथै प्रधानमन्त्रीले महिलालाई प्राथमिकता दिने नीति र महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायलाई प्राथमिकता दिने नीति लागू गर्दै महिलाहरूलाई आयआर्जन र आत्मनिर्भर बनाएर मात्र महिला अधिकारलाई सुदृढ गर्न सकिने बताउनुभयो ।