आइतवार, बैशाख ३०, २०८१

ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका चारै जनालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं असार १३,
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चारजनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ ।

अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई म्याद थपका लागि अदालत लगेको थियो । जिल्ला अदालत काठमाडौंले चारै जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीलाई अनुमति दिएको हो ।  बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेका चारै जनालाई सीआईबीले मंगलबार पक्राउ गरेको हो ।

तर डिल्लीबजार मालपोत कार्यालयका प्रमुख (सहसचिव) भुपेन्द्रमणि केसी, कलाधर देउजा र सुरेन्द्रमान कपालीलाई पनि मंगलबारै सीआईबीले पक्राउ गरे पनि सर्वोच्च अदालतको २०७९ साउनकै अन्तरिम आदेशका कारण यी तीनजना भने रिहा भएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031