आइतवार, बैशाख २३, २०८१

रेशम चौधरी विरुद्ध जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर

काठमाडौं जेठ ३,
टीकापुर घटना मुख्य आरोपी एवम् नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रेशम चौधरी विरुद्ध कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गर्दै जन्मकैदको सजाय सदर गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलवार पूर्वसांसद समेत रहेका चौधरी संगै प्रदीप चौधरी, हरिनारायण चौधरी र वीरबहादुर चौधरीको जन्मकैद सजाय समेत सर्वोच्चबाट सदर भएको हो । तर जिल्ला र उच्च अदालतबाट जन्मकैदको सजाय पाएका गंगाराम डगौरा चौधरी र सीताराम चौधरीले भने सफाइ पाएका छन् ।

पछिल्लो समय रेशम चौधरीका श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठन भएको नागरिक उन्मुक्ति पार्टीले उनको रिहाइलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै आएको थियो ।