बिहिबार, बैशाख २०, २०८१

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल खाना पकाउने ग्यासको मूल्य यथावत

 काठमाडौं जेठ २,
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन ९आइओसी०बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएसंगै डिजेल र मट्टितेलको मूल्य घटाएको छभने पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ

त्यस्तै निगमले डिजेल र मट्टितेलको मूल्यमा आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर रु १० घटाएको छ । जसअनुसार मूल्य घटेसँगै डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएको छ ।

यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ थियो । पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ, हवाई इन्धन ९आन्तरिक० को मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ, हवाई इन्धन [बाह्य] को प्रतिलिटर अमेरिकी डलर १.३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार आठसय रुपैयाँमा कारोवार हुँदै आएको थियो ।