मङ्लबार, बैशाख २५, २०८१

तीनदलका शिर्ष नेतृत्वको छलफल :संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउने सहमति

काठमाडौं बैशाख ३१,
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज भएको प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफलमा सरकारको आगामी नीति तथा कार्यक्रम र संसद्‌लाई प्रभावकारी बनाउने विषयमा घनिभुत छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो । पहिलो चरणमा तीनजना नेताबीच भेटवार्ता भएको थियो भने दोस्रो चरणको छलफलमा तीनवटै दलका प्रमुख सचेतकहरुलाई सहभागी गराइएको थियो ।

बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सरकारको नीति तथा कार्यक्रमसँगै  विभिन्न विषयगत समितिहरू गठन गर्ने  लगायत विषयमा छलफल भएको जानकारीसंगै संसदको चालु अधिवेशनलाई प्रभावकारी बनाउने, सत्य निरुपण तथा मेलमिलाप विधेयकलाई टुंगोमा पुर्‍याउन उपसमिति गठन गर्ने विषय सहमति भएको बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता सुवास नेम्वाङ सहभागी रहेका थिए ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु