मङ्लबार, बैशाख २५, २०८१

मन्त्रिपरिषद् बैठक : सहकारीको समग्र सुधारका लागि कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं बैशाख २६,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्याको सम्बोधनका लागि सहकारीको समग्र सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले एकसाथ ४४ जना सहसचिवको सरुवासंगै नेपाल सरकारका नेपाल कृषि बन सेवा समूहका सहसचिव रेवतीरमण पौडेललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

साथै बैठकले वैदेशिक रोजगारीमा रहेकाहरूले नेपाल फर्किँदा २ वटा मोबाइल ल्याउन पाउने निर्णय संगै मोबाइल फोनमा एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

त्यस्ते बैठकले ढल्केवर वाणगंगा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय र इसमिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागिताका लागि योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको बताइन्।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु