बिहिबार, बैशाख २०, २०८१

रास्वपाद्वारा प्रचण्ड नेतृत्वको सरकारलाइ दिदै आएको समर्थन फिर्ता

काठमाडौं बैशाख २२,
राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा]को आज बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यसअघि नेकपा माओवादी प्रचण्ड नेतृत्वको सरकारलाइ दिदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

संघीय संसद सदस्य समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले केन्द्रीय समिति र संसदीय दलको बैठकको सर्वसम्मत निर्णय अनुसार सरकारलाइ दिदै आएको समर्थन फिर्ता लिने निर्णय संगै आफु नेतृत्वको रास्वपा पार्टी प्रतिपक्षमा रहने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै सभापति लामिछानेले यसअघि प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन पटकपटक आग्रह गरे भएपनि सरकारको रवैया सन्तोष जनक नभएको  भन्दै जनताको म्याण्डेट अनुरुप प्रतिपक्षीमा रहने निर्णय गरेको बताउनुभयो । साथै अवको चरणमा ससक्त प्रतिपक्षीको रुपमा सरकारको हरेक कामकारवाही गुण दोषको आधारमा खवरदारी गर्ने र पार्टी संगठन विस्तारमा आफ्नो ध्यानाकर्षण रहने बताउनुभयो । ।