शुक्रबार, बैशाख २१, २०८१

विश्व शान्तिका प्रकाश गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय :राष्ट्रपति पौडेल

काठमाडौं बैशाख २२,
राष्ट्रपति रामचन्द्र पौडेलले २५६७औँ बुद्ध जयन्तीको अवसरमा आज दिनु भएको शुभकामना सन्देशमा विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन् ।

राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा भनिएको छ, “शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको  छ ।

 त्यस्तै  उहाँले  आफ्नो सन्देशमा   बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको स्मरण गर्दै एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।