बुधबार, बैशाख २६, २०८१

१६९ जना यात्रु वोकेको फ्लाई दुबईको जहाज ठूलो दुर्घटना हुनबाट जोग्यो

 काठमाडौं बैशाख १२ ,
१२० विदेशी र ४९ जना नेपाली सहित १६९ जना यात्रु वोकेको फ्लाई दुबईको जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफडीबी ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको हो। जहाजको इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको विमानस्थल प्रशासनले जनाएको छ।

त्यस्तै विमानस्थल प्रशासनले यसअघि सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको जानकारी दिनुभयो ।

यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गइरहेको बताएका छन् । उनले अब चिन्ता लिनपर्ने अवस्था नरहेको बताएका छन् । ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ । कोही चिन्ता नगर्नुहोला । उनले जहाजमा सवार सबैको सामाजिक सञ्जालमार्फत शुभयात्राको कामना गर्नुभएको थियो ।