शुक्रबार, बैशाख २१, २०८१

मिटरब्याजी पीडितमाथिको प्रहरी धरपकडको नागरिक अगुवाहरुले गरे खबरदारी सहित भत्सर्ना

 काठमाडौं वैशाख ६ ,
मिटरब्याजी पीडित समूहको प्रदर्शनमाथि भएको प्रहरी धरपकड प्रति नागरिक अगुवाहरुले खबरदारी गरेका छन् । बृहत नागरिक आन्दोलनको ब्यानरसहित प्रदर्शनमा उत्रेका नागरिक अगुवाहरुले पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सरकारलाई खबरदारी गरेका हो ।

रत्नपार्कस्थित शान्ति बाटिकाबाट बानेश्वसम्म मार्च पास गरेका थिए । बिभिन्न ब्यानरसहित उपस्थित भएका उनीहरुले गृहमन्त्री र सरकारको कडा आलोचना गरेका थिए ।

बिभिन्न जिल्लाबाट आफ्नो विडामा सरकारी राहतको अपेक्षा सहित राजधानी आएका मिटरब्याजी पीडित सरकारवीच यसअघि वार्ता भएपनि आश्वासनको अलावा कुनै ठोस निष्कर्ष निस्किन सकेको छैन् । यद्यपी सरकारले मिटरब्याज प्रकरणलाइ अपराध भने घोषणा भने गरिसकेका छन ।