बिहिबार, बैशाख २०, २०८१

अमेरिका पठाइदिन्छु भन्दै ३ करोड ५६ लाख ठगी गर्ने खड्का प्रहरीको फन्दामा

 काठमाडौं वैशाख ६ ,
अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा  भक्तपुर मध्यपुर ठिमी नगरपालिका- १ लोकन्थली बस्ने ४४ वर्षीय उज्वल खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापानमा पुगेपछि प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिन्छु, मासिक ४ लाख तलब हुन्छ भन्दै प्रलोभनमा पारी २० जना पीडितहरूबाट पटकपटक गरी ३ करोड ५६ लाख ८ हजार रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागको पत्राचार संगै प्रहरीले उनलाई रौतहट चन्द्रपुर नगरपालिका- ४ चपुरबाट पक्राउ गरेको हो ।

 त्यस्तै पक्राउ परलगत्तै प्रहरीले थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको जनाएको  छ ।