बिहिबार, बैशाख २०, २०८१

संवैधानिक परिषद्को बैठक निष्कर्ष विहिन

काठमाडौं बैशाख ६,
आज बिहान बसेको संवैधानिक परिषद्सम्बन्धी बैठक बिना निष्कर्ष  टुङ्गिएकोछ ।   वैशाख ४ गते नेकपा एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा बसेको प्रमुख तीन दलबीचको बैठकले संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति गरेअनुरुप आजको बैठकले प्रस्तावित एजेन्दामा छलफल सहित नितिगत निर्णय गर्ने तयारी भएपनि बैठक बिना निष्कर्ष सकिएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामाबसेको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवम् रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली सहभागी रहेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएपनि कुनै नितिगत निर्णय हुन नसकेको उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले बैठकपछि सञ्चारकर्मीलाइ प्रतिक्रिया दिनेक्रममा बताउनुभयो । त्यस्तै अर्को बैठकले यसविषयमा निर्णय गर्ने पनि उहाँले बताउनुभयो ।