शुक्रबार, बैशाख २१, २०८१

स्वर्णिम वाग्ले लगायतको नागरिकता छानबिनको माग गर्दै गृह मन्त्रालयमा निवेदन दर्ता

काठमाडौं वैशाख ६ ,
नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले तत्कालीन उप तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरण संगै नेपालका विभिन्न राजनैतिक दलमा आवद्ध रहेका नेताहरूको नागरिकताको छानबिनको माग गर्दै गृह मन्त्रालयमा निवेदन दर्ता गराएका छन ।

संयोजक पौडेलले गृहमा मंगलावार दर्ता गराएको निवेदनमा तनहुँ २ बाट आगामी बैशाख १० मा हुँदै गरेको उपनिर्वाचनमा रास्वपाका उम्मेदवार रहेका  स्वर्णिम वाग्ले त्यस्तै जसपाका नेता राजेन्द्र महतो,  देवेन्द्रराज कडेल ,पूर्व उपराष्ट्रपति  परमान्द झा , अनुराधा कोइराला ,सरिता गिरी, काँग्रेस नेत्री सुजात कोइराला भरतपुर नगरपालिकाकी प्रमुख रेणु दाहाल, काँग्रेस नेता मिनेन्द्र रिजाल, डा नारायण खड्का , दिलेन्द्र प्रसाद वडु लगायतका नेताहरूको नागरिकता छानबिन गर्न आग्रह गरेका छन् ।

त्यस्तै पौडेलले निवेदनमा यी उल्लेखित नेताहरुसंग भएको   विदेशी नागरिकता ,ग्रिनकार्ड र पिआर छ सोको उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गरी छानबिन गर्न समेत मन्त्रालयसमक्ष माग गरेका छन् ।