शुक्रबार, बैशाख २१, २०८१

उपनिर्वाचनको प्रचारप्रसारमा हेलिकप्टरको प्रयोग गर्न नपाइने

काठमाडौं बैशाख ६,
निर्वाचन आयोगले बैशाख १० गते बारा, चितवन र तनहुँ जिल्लामा हुन गईरहेको निर्वाचन प्रयोजनको क्रममा ७९ को दफा १४ को खण्ड छ मा मुलुकको भौगोलिक जटिलता रहेका तथा विकट स्थानमा मात्र राजनीतिक दलका मुख्य प्रचारकले मात्र प्रचारप्रसारको लागि हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने व्यवस्था रहेको जनाएको छ ।

त्यस्तै आयोगले आसन्न उपनिर्वाचनमा यातायातको सहज पहुँच रहेका स्थानमा हेलिकप्टर प्रयोग गर्नु मितव्ययिताको सिद्धान्त समेतको प्रतिकूल हुन जाने भएकोले उपनिर्वाचनमा उम्मेदवार, दलका नेता तथा कुनै पनि प्रचारकले हेलिकप्टर सेवाको प्रयोग गर्न नपाइने जनाएको छ ।

त्यस्तै आयोगले निर्वाचनको क्रममा जारी निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आयोगको सहमति बिना निर्वाचन प्रचारप्रसारको कार्यमा हेलिकप्टर सेवा उपलब्ध नगराउन समेत निर्देशन दिएको छ ।

आफ्नो निर्वाचन प्रचारप्रसारको क्रममा भौगोलिक जटिलता सहितको विकट स्थानमा वाहेक राजनीतिक दलले हेलिकप्टर सेवा प्रयोग गर्न नपाइने र भौगोलिक जटिलता रहेको विकट क्षेत्रमा सेवा प्रयोगको लागि राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट हेलिकप्टर सेवा प्रयोग गर्ने दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउन समेत निर्देशन दिएको छ ।